म एकतमास मैनको उज्यालोलाई हेरिरहें
मैन आफु जलेर अरुलाई उज्यालो छर्छे
आफु मरेर अरुलाई खुसी तुल्याउछे
त्यो त्याग देखेर म छक्क परें
मेरो आखा अगाडि नाचिरहेकी मैन देखेर म छक्क परें
कति खुसीले टिलपिलाएकी त्यस्तो पीडामा पनि
अरुको खुसीमा आफु रमाउने कस्तो राम्रो बानि
तिमि निर्जीव छौ भन्छन, सोच्दिनौ अरे केहि पनि
तर म मानव भएर पनि खै कहाँ छु तिमि जति ज्ञानी
म त केवल आफ्नै लागि बाचिरहें
आफ्नै स्वार्थको भुमरीमा घुमिरहें
म र मेरो भनेर भौतारिदैं यताउति डुलीरहें
आफ्नै निम्ति मात्र, केवल आफ्नै निम्ति।
गन्तब्यको खोजीमा कति गन्तव्यहीन यात्राहरु गरें
समयलाई पछ्याउदैं कल्पनाको दुनियाँमा कति ठुला ठुला महलहरु खडा गरें
कहिले यता कहिले उता, कहिले बिज्ञान कहिले पैसा
कहिले जागीर कहिले इज्जत, कहिले मान कहिले सम्मान
अनि कहिले आफूभित्रको त्यो पूर्ण अभिमान,
यी दिनचर्यामै बितिरहे समय पनि
आज तिमीलाई देखेर मैन, सोच्दै छु जीवन के हो भनी
यो त्याग र बलिदान हो या मान र अभिमान
यो चाहना र गन्तब्य हो या बाहिरि देखावटी सान
यो दुखै दुखको भुमरी हो या हाँसो को बहार
यो निष्ठा र कर्तब्य को पाठ हो या आँसुको सागर
खै मैंले बुझ्न सकिन केहि पनि,
यहि अबुझाइ मै म कुदिरहेछु,
पिछ्याइरहेछु समयलाई, पिछ्याइरहेछु भविष्यलाई
साना साना सपनाको दुनियाँ सजाएर
झिना मसिना यथार्थहरुमा अल्झेर अनि अल्झाएर।
त्यो वास्तविकताको बुझाइ छैन मसंग
त्यो जिन्दगीको बुझाइ छैन मसंग
म जिन्दगीको अर्थ खोज्ने कोसिसमा छु
मैनलाइ हेर्दै एकतमासले टोलाएर
अनि आफुले आफ्नै भित्रि मनलाई केलाएर।
मैंले विज्ञान पढें, गणीत पढें, इतिहास र भूगोल पढें
संसारभरका कलासंस्कृति र धर्म पढें, ब्रह्माण्डको खगोल पढें
मैंले विद्वानहरुका वाणी सुनें, कर्मठहरुका कहानी
मैले गुरुहरूका प्रबचन सुनें, योध्दाहरुका बादुरी
मैंले शाषकहरुका शासन देखें, मजदुरहरुका मजदुरी
मैंले धनीहरुका रबाफ देखें, गरीबहरुका मजबुरी
म प्रबिधिको चरम बिकास संगै जन्मे र हुर्कें
म संघर्ष र गरीबीको पराकाष्ठाबाट पनि गुज्रें
म कयौंपटक मृत्युको नजिक पुगेर बाँचे
म कयौंपटक बाँचेर पनि आफुलाई मृत पाएँ
तर खै अझै पनि जिन्दगीको बुझाइ पाउन सकिन
तर खै अझै पनि ब्रह्माण्डको भेउ पाउन सकिन
भौतिकताको भेउ पाउन सकिन
आध्यात्मिकताको मेसो पाउन सकिन,
म यहाँ किन र कसरी ? अहँ थाहा छैन
अब जाने कहाँ र कसरी ? अहँ थाहा छैन।
तर तिमीलाई देखेर मैन जिन्दगीको सानो पाटो बुझें
पीडामा पनि मुस्कुराउन सक्ने, रमाउन सक्ने र नाच्न सक्ने
आफ्नो सर्वस्व जलाएर दुनियाँलाई उज्यालो छर्न सक्ने
अन्धकार सखाप पार्ने र रोशनी बाँढन सक्ने
हरेक क्षण गदगदी र खुसी साट्न सक्ने
खुसीको आँसु झार्दै टिलपिलाएर तिमि नाचिरह्यौ
म तिमीलाई एकतमासले हेरेर जीवन विश्लेषण गरिरहें
तिमि भित्र त्यो जादु थियो, तिमि भित्र त्यो त्याग थियो
र मेरो हृदयलाइ खुसी पार्ने त्यो अर्कै अन्दाज थियो
अनि त्यहि पाठ नै मेरो जिन्दगीको विशेष ज्ञान थियो
त्यहि पाठ नै मेरो जिन्दगीको विशेष ज्ञान थियो।