आत्मग्लानी भयो मलाई, म त्यति कठोर पनि थिइन ,
ती बुढी आमै जो बीस पैसा माग्दै थिइन् मसंग,
मैले त्यो पनि तीन्लाई दिइन
म के ठुलो कुरा गरूँ ? म के दान्बीर झैँ फलाकुं ?
मैंले किन दिन सकिनँ, मलाई थाहा छैन
बीस पैसा दिएर मेरो केहि सकिने त थिएन,
म बोल्दै नबोली हिँडे, म सुनेको नसुनै गरेर हिँडे
त्यसैमा आत्मग्लानी भयो मलाई ।
हुन त धेरैले माग्छन, धेरैले हात थाप्छन
सबैलाई दिन पनि सकिन्न भन्ने तर्क गर्छु होला म,
तर त्यो बीस पैसा माग्ने बुढी आमै मेरो दिमागमा घुमिरहिन
मेरो मनमा आएर मलाई गाली गरिरहिन
ती बिशेष बुढी आमैलाई मैंले किन दिन सकिनँ , मलाई थाहा छैन
मैंले दिनुपर्थ्यो, मैले उन्लाई सम्मान गर्नुपर्थ्यो,
त्यसैमा आत्मग्लानी भयो मलाई ।
मैंले त्यतिबेला ती बुढी आमै बन्न सकिनँ ,
मैंले त्यतिबेला उनको मर्म बुझ्न सकिनँ ,
हतार हतार भए जसरी उनीबाट भागीहिंड़े,
उनी कोहि खराब मान्छे थिइनन् ,
मैंले किन उनको वास्ता गरिनँ, मलाई थाहा छैन
मैंले वास्ता गर्नुपर्थ्यो, मैंले उनीसंग बोल्नुपर्थ्यो,
त्यसैमा आत्मग्लानी भयो मलाई ।
धेरै बेर सोचें, यथार्थ पल्टाउने कोसिस गरेँ
दोषी को थियो, मलाई थाहा छैन
म अरुको बारेमा धेरै भन्छु, अरुको नराम्रो धेरै सुन्छु ,
आफ्नो अगाडिको त्यो सानो सहयोग गर्न म किन हिच्किचएं ?
म त्यति निष्ठुरी किन बनेँ, मलाई थाहा छैन
म दयावान हुनुपर्थ्यो , मैले सहयोग गर्नुपर्थ्यो,
त्यसैमा आत्मग्लानी भयो मलाई ।
हुन त ग्लानी धेरै कुरामा छन् मलाई,
सामाजिक बोधको आभास हुन नसकेकोमा ग्लानि छ ,
पारिवारिक कर्तव्यको कार्य गर्न नसकेकोमा ग्लानि छ ,
मसंग बहाना हुन्छन् , मनगणन्ते कारण हुन्छन्
तर त्यो दानी क्षमताको अभाव हुन्छन् ,
त्यो दयाको अभाव हुन्छन् , त्यो मायाको अभाव हुन्छन्
त्यो आत्मीयताको अभाव हुन्छन्
ती बुढी आमै जस्ता सयौं आमै हरु संग मेरो क्षमायाचना छ ,
आफू कर्तब्यनिष्ट हुन नसकेकोमा आत्मग्लानी भयो मलाई ,
त्यो मेरो कठोरतामा आत्मग्लानी भयो मलाई
त्यो मेरो कठोरतामा आत्मग्लानी भयो मलाई ।।