January 08, 2014

तिमी को हौ ?

तिमी  को हौ ?
तिमी मह हौ कि मौरी,
तिमी उचाई हौ कि गौरी ,
तिमी चन्चलता हौ कि खानी,
तिमी शुशीलता हौ कि रानी  ?

तिमी को हौ?
तिमी जून हौ कि किरण,
तिमी ममता हौ कि मिलन,
तिमी निंद हौ कि सपना,
तिमी तृष्णा  हौ कि बिपना ?

तिमी को हौ ?
तिमी छाया हौ कि शीतल,
तिमी क्षितिज हौ कि बादल,
तिमी माया हौ कि धड्कन,
तिमी बासना हौ कि चन्दन ?

तिमी को हौ ?
तिमी बहाब हौ कि सरीता,
तिमी छन्द हौ कि कवीता,
तिमी संगीत हौ कि राग,
तिमी गजल हौ कि मीठास ?

तिमी को हौ ?
तिमी दृश्य हौ कि नानी,
तिमी सागर हौ कि पानी,
तिमी श्रद्धा हौ कि अर्चना,
तिमी पुस्तक हौ कि रचना ?

तिमी को हौ ?
तिमी आत्मा हौ कि जीवन,
तिमी शक्ति हौ कि इन्धन,
भनिदेऊ तिमी को हौ ?
भनिदेऊ तिमी कहाँ छौ ?
तिमी भित्र छौ कि बाहिर,
तिमी दृश्य छौ कि अदृश्य ?

तिमी को हौ ? तिमी कहाँ छौ ?
भनिदेऊ तिमी को हौ ?
भनिदेऊ तिमी कहाँ छौ ? 

No comments:

Post a Comment