November 12, 2013

म बाकसबाहिर सोचिरहेछु

म बाकसभित्र थुनिएको छैन अब
म बन्द भएर बसेको छैन अब
म खुला आकाशमा उडिरहेछु
म स्वतन्त्र भएर घुमिरहेछु
म चेतनालाई जगाइरहेछु
म बाकसबाहिर सोचिरहेछु ||

म असम्भवलाई चुनौती दिन्छु
म असक्ष्यमताको धज्जी उडाउँछु
म सपनाको दुनियाँ रच्छु
म स्वप्निल्ताको सिर्जना गर्छु
म बेथितिको बिरोध गर्छु
म जागरणको बीज रोप्छु
म बिगत भुल्छु
म भबिस्यको संरचना गर्छु
म सबैतिर सोचिरहेछु
म सबैतिर पुगीरहेछु
म ब्रहमाण्डलाई बाहिरबाट हेरिरहेछु
म बाकसबाहिर सोचिरहेछु ||

म पुन: बच्चा  भएँ
म पुन: अन्जान  बनें
म सुरुदेखि सोच्न लागें
म दुनियाँ भुलेर सोच्दै रहें
म भित्रभित्रै बाहिर देख्छु
म बिबिधतामा एकता भेट्छु
म क्षितिज पारि उडिरहेछु
म बाकसबाहिर सोचिरहेछु ||

म सबै समान देख्छु
म सिर्जनामा सौन्दर्य भेट्छु
म प्रकृतिको मर्यादा गर्छु
म भबिस्यको परिकल्पना गर्छु
म सम्भाव्यताको आँकलन गर्छु
म सुख दुख एकै ठान्छु
म पानी संगै सल्बलाउछुं
म हावा संगै उडी भाग्छु
म मनभित्रै हुन्छु
म मनभित्रै घुल्छु
म सपना देख्छु
म बिपना कोर्छु
म स्वतन्त्र भएर उडिरहेछु
म बाकसबाहिर  सोचिरहेछु ||

म बाकसभित्र थुनिएको छैन अब
म बन्द भएर बसेको छैन अब
म खुला आकाशमा उडिरहेछु
म स्वतन्त्र भएर घुमिरहेछु
म चेतनालाई जगाइरहेछु
म बाकसबाहिर सोचिरहेछु ||

No comments:

Post a Comment