October 17, 2013

म खुसी छु आज त्यो सपना देखेर

म खुसी छु आज त्यो सपना देखेर जहाँ सपनाहरु सपनाजस्तै थिए,
बिल्कुल मानसपटलका कल्पनाजस्तै थिए |
ती सपना आए र गए, त्यसैले त ढुक्क छु म आज ती सपना नै थिए |
ती बिरानो थिएनन्, चिरपरिचित थिए तर आखिर सपना  त सपना  नै थिए |

आज फेरी पल्टिने छु म तिनै सपनाहरु जस्तै सपनाको आशामा,
मानसपटलका कल्पनाहरुको आशामा |
फेरि  सपनाहरुको आशा सल्बलाए
फेरि आशाहरुको सपना देखें
तीनै सपनाहरुको कल्पनामा फेरि पनि सपना देखें
आखिर सपना विचार थियो, आखिर सपना कल्पना थियो
तीनै विचार र भावना भित्रको कल्पनामा सजिएको मेरो सपना सपना नै थियो
मेरो सपना सपना नै थियो ||

No comments:

Post a Comment