September 10, 2013

थाहा छैन समाज परिबर्तन भयो कि म परिबर्तन भएँ

गहन कुरा सोच्दै छु म आजकल, यथार्थ केलाउदै छु
थाहा छैन समाज परिबर्तन भयो कि म परिबर्तन भएँ
थाहा छैन समाज परिबर्तन भयो कि म परिबर्तन भएँ
जताततै आशै आशा र राम्रो नै राम्रो देखिरहेछु |
यो समाज कति चाडो बदलिएछ कि म यति चाडो बदलिएछु
म समाजलाई सुन्दर देखिरहेछु,
म समाज शान्त र कर्मशील देखिरहेछु
हेर्ने आँखा फेरे मैंले
आज मेरो समाज म मनको आँखाले हेरिरहेछु |
थाहा छैन मेरो मन बदलियो कि मेरो आँखा बदलियो
थाहा छैन मेरो मन बदलियो कि मेरो आँखा बदलियो
त्यो धमिलो लाग्ने आकाश पनि रंगिन देखिरहेछु,
ती झिना मसिना लाग्ने कामहरु महान र अति उपयोगी मनिरहेछु,
प्रत्येक व्यक्तिमा समान भावना र ममताको ईश्वरीय चमक देखिरहेछु ,
समाज यसरी नै अगाडी बढिरहेछ जसरी मनोरम प्रकृति आफ्ना प्राकृतिक सिद्धान्तहरुको नियममा अगाडी बढिरहेछ |
यहि नियम आलिङ्गन गर्ने प्रत्येक मनहरु समाजमा जतासुकै भेटिरहेछु,
भौतिकता र आध्यात्मिकता मिसाएर अगाडि बढिरहेछ समाज
म अचम्म देखिरहेछु, सुन्दर र शान्त मेरो समाज देखिरहेछु
बिपत्ति र कलह बिहिन मेरो समाज देखिरहेछु |
म सोच्दैछु गहन भएर,
जति जति गहन हुन्छु, त्यति त्यति बिशिस्ट समाज देख्दै छु म,
त्यति त्यति आत्मीय र मनमोहक प्रकृति देख्दैछु म;
त्यसैले त यो समाज प्यारो लाग्दैछ मलाई,
त्यसैले त यो प्रकृति प्यारो लाग्दैछ मलाई |
थाहा छैन समाज प्यारो भयो कि ममा प्यार बढ्यो,
थाहा छैन समाज परिबर्तन भयो कि म परिबर्तन भएँ
थाहा छैन समाज परिबर्तन भयो कि म परिबर्तन भएँ ||

No comments:

Post a Comment