September 03, 2013

म कुरा गर्छु

म सपनाकै कुरा गर्छु, म विश्वासकै कुरा गर्छु, अनि म आत्मियाताकै कुरा गर्छु |
म भावना भित्र सल्बलाउने आशाको कुरा गर्छु
म ममतामयी बनेर ममता बोक्ने हृदयको कुरा गर्छु
अनि म मनभित्र बुनिएका ती रमणीय र आत्मीय कल्पनाको कुरा गर्छु
बास्तबमा मलाई ती कुराहरु मननयोग्य लाग्छ, मन छुने खालका लाग्छ |
सायद कुरै कुराको दुनियामा कुरै कुराको संरचना खडा गर्ने कुरौटे बानि हाम्रो सदियौं देखि चलिआएको परम्परा हो, त्यै पनि कुरालाई कता मोड्ने र कुन दिशा दिने भन्ने विचार पुर्याउन सके कुनै कुनै कुरामा झिनो यथार्थ र बाक्लो औचित्य भने लुकेको हुन सक्छ |
यहि यथार्थ र औचित्य केलाउने कुरा गर्छु म
यहि मनगढ़नते मानसिक आकांक्षाका सात्विक र संरचनात्मक आवेग भित्र गुटमुटीएका आनन्दमय जीवनोपयोगी कुरा गर्छु म |
म आफुलाई आफु भित्र कल्पिएर हेर्छु अनि त्यसको विवेचनात्मकरुपमा कुरा गर्छु
म समाजलाई केलाएर हेर्छु अनि त्यसको बिश्लेषणात्मक कुरा गर्छु |
म सपनाको कुरा गर्छु, म भावनाको कुरा गर्छु, म आत्मीयताको कुरा गर्छु
म कुरा गर्छु अनि यिनै कुराले सामाजिक चेतना र सामाजिक भलो चिताउने प्रयत्न गर्छु
म कुरा गर्छु ||

म सपनाकै कुरा गर्छु, म विश्वासकै कुरा गर्छु, अनि म आत्मियाताकै कुरा गर्छु |
म भावना भित्र सल्बलाउने आशाको कुरा गर्छु
म ममतामयी बनेर ममता बोक्ने हृदयको कुरा गर्छु
अनि म मनभित्र बुनिएका ती रमणीय र आत्मीय कल्पनाको कुरा गर्छु 

No comments:

Post a Comment