September 02, 2013

खै त्यो सुगन्ध कहाँ छ ?

खै त्यो सुगन्ध कहाँ छ ? त्यो बगैंचाको  फूल कहाँ छ ?
यता उता खोजि रहें, खै त्यो बासनाको मूल कहाँ छ ?

खै त्यो चन्चलता कहाँ छ ? त्यो झरनाको पानी कहाँ छ ?
भौतारिदै खोजि रहें, खै त्यो बहाबको खानी कहाँ छ ?

खै त्यो सुन्दरता कहाँ छ ? टुलुटुलु हेर्ने आखाँको नानी कहाँ छ ?
कता कता खोजि हिडें, खै  त्यो ममताको रानी कहाँ छ ?

खै त्यो हाँसो कहाँ छ ? त्यो इन्द्रेणीको मुस्कान कहाँ छ ?
कल्पी कल्पी हेरी रहें, खै त्यो क्षितिज पारिको अस्मान कहाँ छ ?

खै त्यो स्पर्श कहाँ छ ? मन्द वायुको आलिङ्गन कहाँ छ ?
सपनामै कुरी बसें, खै तिम्रो र मेरो मिलन कहाँ छ ?

खै त्यो आवेग कहाँ छ ? त्यो गद्गदे खोलाको भेल कहाँ छ ?
आशै आशामा बसी रहें, खै यो ममताको मेल कहाँ छ ?

खै त्यो सुगन्ध कहाँ छ ? त्यो बगैंचाको  फूल कहाँ छ ?
यता उता खोजि रहें, खै त्यो बासनाको मूल कहाँ छ ?

खै त्यो चन्चलता कहाँ छ ? त्यो झरनाको पानी कहाँ छ ?
भौतारिदै खोजि रहें, खै त्यो बहाबको खानी कहाँ छ ?

No comments:

Post a Comment