August 30, 2013

मैंले कल्पनामा एउटा ठाउँ देखें

मैंले  कल्पनामा एउटा ठाउँ देखें,
मैंले  सपनामा एउटा ठाउँ देखें,
मेरो मस्तिष्क भित्रको आँखाले एउटा ठाउँ देखें |
मैंले सुरम्यताको ताज देखें, सौन्दर्यताको अनौठो छनक देखें
गोलाकार परिधि भित्र अटाएको सजावट देखें
मैंले त्यहाँ पुतलीको नाच देखें, पन्छिहरुको उदारता  देखें
जनावरहरुको चंचलता देखें, अनि मानवहरुको स्वाधिनता देखें |

मैंले अनन्तको क्षितिजलाई नजिकैबाट देखें
अनि मेरो गणीत भित्र त्यहाको गणीत मिसाएर हेरें
मैंले फेरि अनन्त र अनन्तको जोड घटाउ गर्दै अर्को अनन्त देखें
अनन्त भित्रको अनन्ततामा रुमल्लिएर हेरें
मैंले अन्तमा अर्को एउटा ठाउँ देखें |

मैंले त्यहाँ पनि सौन्दर्यता देखें, सुरम्यता  देखें
गोलाकार परिधि भित्रको सजावट र बनावट देखें
बोटबिरुवहरुको ममता देखें, प्रकृतिको स्नेहपन देखें
नीलो सगरको उचाइ देखे अनि नीलो सागरको गहिराइ देखें
मैंले यहाँको  शून्यता त्यहाँ केलाए
अनि यहाँको शून्यता र त्यहाँको शून्यता मिसाएर हेरें
मैंले फेरी शून्यता र शून्यताको जोड घटाउमा अर्को शून्यता देखें |

मैंले अनन्तता पनि देखें, मैंले शून्यता पनि देखें
मैंले गणीत पनि देखें, मैंले बिज्ञान पनि देखें
मैंले मस्तिस्क भित्रको आँखाले सबै देखें
सबैभन्दा ठुलो मैंले मेरो कल्पनाको ठाउँ देखें, मेरो सपनाको ठाउँ देखें ||

2 comments: