August 02, 2016

टोलाएर अबेरसम्म हेर्दै बसें ताराहरु

टोलाएर अबेरसम्म हेर्दै बसें ताराहरु
बुझ्नै गार्हो भयो मलाई सृष्टिका ईशाराहरु
किन छ ब्रह्माण्ड  ? किन छौं हामीहरु ?
कत्रो छ संसार ? कहाँ छौं हामीहरु ?

बिहानीको सुर्य किरण झुल्किदै छ पूर्वबाट
नयाँ दिन, नयाँ जोश, नयाँ ऊर्जा, नयाँ आँट
कस्तो छ सुर्य प्रकाश ? किन छ दिनरात ?
कस्तो छ घामपानी ? किन छ रुखपात ?

प्रकृतिमा रमाउने हामी जस्ता धेरै अरु
हास्दैखेल्दै, रमाउदै यहिँ बाँच्ने हामीहरु
किन छ हाँसो खुसी ? किन छ माया ममता ?
किन छ ठुलो सानो ? किन छन् बिबिधता ?

भौतारिदै यताउति हिंड्ने डुल्ने हामीहरु
अटल बस्छन सधैभरि पहाड ढुंगा रुखहरु
किन छ चाल र चलन ? किन छ तल माथि ?
किन छ पूर्व पश्चिम ? किन छ दीशा गति ?

No comments:

Post a Comment