August 20, 2015

गीत वा गजल

हँसिलो त्यो तिम्रो तस्विर
आज मलाई कोर्न मन लग्यो।

मुटुभित्र लुकी बसेकी थियौ
निकालेर आज मलाई हेर्न मन लग्यो।  

कोर्दै छु म तिम्रा  ठूला  ठूला नजर
हृदयको मेरो नजरले
तिनै नजर भित्र छिरी
सौन्दर्यको तिम्रो संसार
आज मलाई हेर्न मन लग्यो।

कल्पनामा सधै मेरो सजिएर
नाच्दै आयौ तिमि छमछमछम
तिमि संगै रमाएर
तिमि संगै सजिएर
मलाई पनि आज नाच्न मन लग्यो।

सपनामा आउदा तिमि
मुस्काएर भागि रन्थ्यौ
त्यहि मुस्कान सम्झी सम्झी
मलाई आज तिम्रो पिछा गर्न मन लग्यो।
मलाई आज तिम्रो हाँसो कोर्न मन लग्यो।
मलाई आज तिम्रो तस्विर कोर्न मन लग्यो।


No comments:

Post a Comment