August 06, 2014

क्षणक्षण नै म हुँ

सोचिरहेको छु म क्षणक्षणमा
त्यसैले सोचाइ नै म हुँ।

बगिरहेको छु म क्षणक्षणमा
त्यसैले बगाइ  नै म हुँ।

सिकिरहेको छु म क्षणक्षणमा
त्यसैले सिकाइ नै म हुँ।

बाँचिरहेको छु म क्षणक्षणमा
त्यसैले क्षणक्षण  नै म हुँ।

म बहाव हुँ, म छाल हुँ,
म अदृश्य तत्व हुँ, म सोच हुँ,
म ज्ञान  हुँ, म विज्ञान पनि  हुँ,
म सम्भव हुँ, म असम्भव पनि  हुँ,
म भय  हुँ, म अभय पनि  हुँ,  
म जीत हुँ , म हार पनि हुँ,
म शक्ति हुँ, म आशक्ति पनि हुँ,
त्यसैले त्यो मन नै म हुँ
त्यसैले त्यो सोचाइ नै म हुँ।

सोचाइ बदलिन्छ, म बदलिन्छु
मन बदलिन्छ, म बदलिन्छु।
सम्भव सोच, सम्भव भैदिन्छु
असम्भव सोच, असम्भव भैदिन्छु।
हार  सोच, हार  भैदिन्छु
जीत  सोच, जीत  भैदिन्छु।  
शक्ति  सोच, शक्ति  भैदिन्छु
आशक्ति सोच, आशक्ति  भैदिन्छु।

त्यसैले विश्वास नै म हुँ
त्यसैले क्षणक्षण नै म हुँ।
 बाँचिरहेको छु म क्षणक्षणमा
त्यसैले क्षणक्षण  नै म हुँ। 

No comments:

Post a Comment