April 27, 2012

म यहासम्म आइपुगे

यो गध्यमा लेखिएको एउटा कविता हो , कविता भन्ने कि लेख, जे भन्दा पनि हुन्छ, मैले मनमा लागेको केहि कुरा कोरेको मात्र हु , हुन त यो ब्लग नै मेरो random  ब्लग हो, यहाँ मैले आफ्नो मानसिक भावनालाई पोखेको मात्र छु ..खासै त्यस्तो रचनात्मक र सामाजिक परिबर्तनका धेरै  कुरा गरेको छैन | यो कविता त्यसको एउटा उपज मात्र हो |



संसार सुरम्य छ मनले भन्यो 
सायद त्यहि सुरम्यताको खोजीमा भौतारिदै भौतारिदै म यहाँ सम्म आइपुगे ||

लठ्ठिएको थियो मन सपना देखेर 
सायद त्यहि सपनाको आशामा आफैलाई डोर्याउदै डोर्याउदै म यहाँसम्म आइपुगे ||

म लास्किरहे, म चलिरहे;
 थोत्रो आडम्बरको खोल ओढेर, देखावटी पहिरनमा सजिएर 
सामाजिक संजालको बिक्रितिहरुमा असरल्ल पोखिएर
 बढिरहे, बढिरहे र बढ्दा बढ्दै म यहाँसम्म आइपुगे ||

भावसुन्यतामा कहिलेकाही भावना खोजे,
 आस्वाशन र सान्त्वना भित्र आफ्नो मनलाइ लुकाउने सन्दुक खोजे
विरहमा अरुले थुमथुम्याएको सम्झे, 
खुसीमा अरुले साथ् दिएको सम्झे, 
आखिर त्यहि सम्झना र सोचाईको सेरोफेरोमा आफुलाई संगाल्दै संगाल्दै म यहाँसम्म आइपुगे ||

थाहा थियो सबै भौतिक हो, 
थाहा थियो सबै मानसिक कल्पनाको परिधि हो, 
तर यो चलिआएको रीति पनि हो,
 तर यो समाजले सिर्जना गरेको बेथिति पनि हो 
त्यहि बेथितिको अछुतो छैन म, 
त्यहि रीति बिपरित चल्न सकेको छैन म 
उता र यता तल र माथि चल्दा चल्दै म यहाँसम्म आइपुगे ||

भूतले पिरोल्यो कहिले कहिले, 
भबिस्यको कल्पनामा पिरोलिंछु कहिले कहिले,
 त्यो बीचमा चेपिएको वर्तमान फेरी पनि आफै पिरोलिंछ, 
फेरी पनि आफै मानसिक तनाबको सिकार बन्छ;
कहिले त्यो भएन कहिले यो भएन, 
यहि तनाबको बीचमै चलेको छु म, 
यहि आधार वरिपरी नै हिडेको छु म 
यसरि नै हिड्दै हिड्दै म यहाँसम्म आइपुगे ||

न मैले मनलाई बुझे, न मनले मलाई बुझ्यो 
मनले समाज रोज्यो, 
मनले कहिलेकाही बेथिति रोज्यो, 
मनले कहिलेकाही आडम्बरी रोज्यो; 
म त्यो मनको गुलाम बने; 
मैले मनलाई पछार्न सकिन, मैले मनलाई सम्झाउन सकिन, 
मनले बाहिरी हेर्यो; मनले त्यहि जीवन देख्यो;  
त्यहि मनको मनोमानीमा पछि लाग्दा लाग्दै म यहासम्म आइपुगे ||

म कतै आरोपित भए, म कतै लज्जित भए,
 म कतै सम्मानित भए, म कतै अपमानित भए 
तर जिन्दगीको फूलबारीमा आफैलाई फुलाएर राख्न खोज्दा खोज्दै, 
त्यहि कोसिसको म कतिपटक सिकार भए |
म कहिले हासे, कहिले रोए,
म कहिले छट्पटाए, कहिले नाचे
म कहिले एक्लिए, कहिले संगै भए 
यसरि नै चल्दा चल्दै म यहासम्म आइपुगे
यसरि नै चल्दा चल्दै म यहासम्म आइपुगे 

संसार सुरम्य छ मनले भन्यो 
सायद त्यहि सुरम्यताको खोजीमा भौतारिदै भौतारिदै म यहाँ सम्म आइपुगे ||

लठ्ठिएको थियो मन सपना देखेर 
सायद त्यहि सपनाको आशामा आफैलाई डोर्याउदै डोर्याउदै म यहाँसम्म आइपुगे ||

जिन्दगीको गोरेटोमा आफुलाई घिसार्दै घिसार्दै म यहासम्म आइपुगे र अझै चलिरहेछु 
अनकन्टार गन्तब्य तिर आफुलाई यसरि नै लम्काइ रहेछु,
म आशाको सागरमा, मनको नाऊ खियाइरहेछु, म चल्दैछु, म चल्दैछु 
चल्दा चल्दै म कहासम्म पुग्ने हो आफैलाई थाहा छैन
म यसरि नै जिन्दगि काटिरहेछु , 
म यसरि नै जिन्दगि काटिरहेछु ||

                                                                                                                        झनक  

No comments:

Post a Comment