April 03, 2012

राजनीतिक कुरा

                                                     
राजनीति कुराको बिषय हो, राजनीति अहिले चर्चाको बिषय हो, त्यहि कुरा त्यहि चर्चालाई मैले अहिले यो ब्लोग्को पानामा अलिकति कोट्याउदै छु, त्यहि बिषयमा आफ्नो मनमा लागेका कुराहरु खोतल्दै छु, बिषेशत नेपाली राजनीतिमा | हो समाज निर्माणको एउटा दरिलो पक्ष भनेको राजनीति  हो, देस तबसम्म सुद्रिड हुन्न तबसम्म यसभित्र बिध्यमान राजनैतिक झमेलाहरूको समाधान हुन्न | हामी आज त्यहि झमेलाको समाधानको खोजीमा छौं, हामी आज त्यहि अस्तव्यस्तताको समाधानको खोजीमा छौं | प्रत्येक नेपालीमा राजनीतिक चेतनाको बाढी उथलपुथल भएको छ तर त्यो बाढी, त्यो चेतना सहि ठाउमा सहि रुपले प्रयोग भने अबस्य पनि भएको छैन  | कहिलेकहिँ त्यो देखेर मन आतिन्छ, कहिलेकहिँ त्यो देखेर मन डराउछ अनि कहिलेकहिँ मन त्यो परिस्थिति र राजनैतिक अवस्थाको बारेमा घोत्लिन पुग्छ | 

म  राजनीतिज्ञ  पनि हैन , म राजनीतिक विश्लेषक पनि हैन, म केवल एक सामान्य नेपाली नागरिक हुं, मलाई थाहा छ राजनीति भनेको खेल हैन , मलाई थाहा छ  राजनीति भनेको दुइ चार जना टाउकेहरुले जे भन्यो त्यहि हुने अनि उनीहरुको मिलेमतोमा जस्तो बनायो त्यस्तै बन्ने खेलौना पनि हैन, यो त एक राष्ट्रलाई उन्नत र सफल बनाउन  त्यस राष्ट्रका सजग र राष्ट्रप्रेमी प्रतिनिधिले सहि र सफल निर्णय लिएर, देस र जनताको भलोमा आफुलाई समर्पण गरेर, आफ्नो रास्ट्रको मान र इज्जतको लागि अरुको निमित्त गर्ने एउटा सेवा हो, राजनीति वास्तविकरुपमा भन्ने हो भने समाजसुधारकहरुको   सच्चा पेशा हो | तर बिडम्बना हाम्रो देसमा छ, तर बिडम्बना हाम्रो राष्ट्रमा छ, यहाँ जसलाई पनि राजनीति गर्नु पर्छ, यहाँ जसलाई पनि म राजनीतिज्ञ हो भन्नु पर्छ चाहे उसलाई राजनीतिको बास्तबिकता थाहा होस् या नहोस | यो हाम्रो देसमा बसेको सरासर गलत र नराम्रो प्रथा हो , यसैले त हाम्रो देस संसारको अरु देसहरु भन्दा हरेको रुपमा पछी परिसकेको छ, आर्थिकरुपमा त धेरैनै ध्वस्त भइसकेको छ |

यो कुरा अब सबै नेपाली जनताले बुझ्ने समय आयो जस्तो लाग्छ मलाई, सबैले जागरुक हुने र देशलाई नराम्रो खाल्डोमा फस्न नदिने समय आइसकेको छ, देसका नेता भनौदाहरुलाई अब जागरुक बनाउन सबै सजग जनता उठ्नेबेला आइसकेको छ, सबैले आफ्नो-आफ्नो तर्फबाट आफ्नो-आफ्नो तबरले सामाजिक सहयोग गर्नुपर्ने समय आएको छ | हाम्रो देसको राजनीतिलाई ठिक ठाउमा ल्याउन हामीले सामाजिक क्रान्ति गर्ने बेला आएको छ , त्यो क्रान्ति आब बन्दुक र गोली बोकेर हुन्न, त्यो क्रान्ति अब बम र बारुद बोकेर हुन्न, त्यो क्रान्ति अब बिज्ञान र चेतनाको जागरण गरेर हुन्छ, त्यो क्रान्ति अब सामाजिक सचेतना र सामाजिक शुशिक्षा प्रधान गरेर हुन्छ, त्यो क्रान्ति तब मात्र सफल हुन्छा जब सबै जनता जागरुक हुन्छन, त्यो क्रान्ति तब मात्र सफल हुन्छ जब सबै जनताले आफ्नो मौलिक अधिकार र आफ्नो मौलिक अस्तित्व बुझ्न सफल हुन्छन | त्यसैले त अहिले समय आइसकेको छ, त्यसैले त अहिले सबैले बुझ्ने, सबै जना उठ्ने र सबै जनता जागरुक हुने बेला आएको छ, ती जनता सहीरुपमा, सहि ढंगमा अनि सहि ठाउँबाट सहिपाराले उठ्नु पर्यो, सचेत र जागरुक व्यक्तिले आफ्नो तर्फ बाट सहि कदम लिनु पर्यो अनि मात्र आफ्नो देस र जनताको रुप हामीले फेर्न सक्छौ, अनि मात्र आफ्नो देशलाई हामीले संसारको अरु सामुने गर्बका साथ् उभ्याउन सक्छौ | 

यो भावना सायद धेरै नेपालीको मनमा आज यतिकै छ जति मेरो मनमा छ | समय आयो अब राजनीतिको कुरा गर्ने, समय आयो अब राजनीतिकरुपमा सचेत हुने, अब हामीले बुझ्नु पर्छ, राजनीति एउटा खेल हैन, अब हामीले बुझ्नु पर्छ , राजनीतिमा कुनै भरौटेलै स्थान दिनुहुन्न भनेर , हामीले सच्चा र इमान्दार राजनेता पहिचान गर्न सक्नु पर्यो, हामीले सामाजिक बोध र सचेतना भएर्को राजनेता छान्नु सक्नु पर्यो, त्यहि सन्देस हो मेरो यो लेखको !! राजनीति बुझौ जागरुक व्यक्तिले, जागरुक नागरिकले अनि सामाजिक संरचनामा आफुलाई सबल पाराले अगाडी बढाउ, यहि मेरो कामना छ | 



No comments:

Post a Comment