January 02, 2011

जिन्दगी

जिन्दगी लाइफ जीवन जे भने पनि जन्म र मरणबीचको अवधी हो यो,
 म जिन्दगिलाई त्यसैगरी हेर्दैछु
अनि त्याही आधारमा आफ्नो परधिको आकर कोर्दैछु ,
जीवन जिउने परिधि अनि जीवनलाई  हेर्ने परिधि,
 भाग्य भन या कर्म  भन,
 भाबिस्य भन या बर्तमान भन,
जिन्दगी आफै आफ्नै रफ़्तारमा छ |
 तिम्रो र मेरो जिन्दगी,
उसको र मेरो जिन्दगी,
 त्यसैले त फरक छ,
जिउने तरीका पनि फरक छ
अनि हेर्ने दृष्टीकोण पनि फरक छ |

 मेरो जिन्दगीको धार एउटा छ,
 उसको जिन्दगीको धार अर्को छ,
म जिन्दगी संग प्रत्यक्ष्य  साक्षात्कार गर्न चाहन्छु
अनि नजिक बाट यसलाई चुम्न चाहन्छु,
 आफ्नो जिन्दगी आफैभित्र संगालेर रमाउन चाहन्छु,
 अनि प्रत्यक्ष्य वा परोक्ष्य रुपमा भएपनि यस्भित्र डुबुल्की मार्न चाहन्छु|

 मेरो जिन्दगी म भित्रको कथा हो,
मेरो आफ्नै जिउने आधार हो,
 अनि आफ्नै संघर्षको नितान्त शुद्ध प्रतिबोध हो |
त्यसैले मेरो ममाताको आधार, मेरो आफूभित्रको उपमा,
मेरो जिन्दगी म संगै बग्दै छ,
आफ्नै रफ्तारमा फेरी पनि,
म कुद्दैछु  यसलाई पक्रन अनि आफुभित्र पुन समाहित गर्न,
 त्यही कुदाई नै  हो मेरो जिन्दगी,
त्यही बहाब नै हो मेरो जिन्दगी |

 मेरो आफ्नो जिन्दगी,
मेरो आफ्नो भोगाई,
अनि मेरो आफ्नै महसूस |
 त्यसैले त मेरो जिन्दगी भिन्न छ,
 मेरो जिन्दगी प्यारो छ,
मेरो जिन्दगी मेरो आफ्नै मौलिकताम अडिग छ,
 म र मेरो जिन्दगी यही अर्थमा अलिकती समान छ |

 यसकै सेरोफेरोमा बसेर म जिन्दगीको अबलोकन गर्ने प्रयत्न गर्दैछु  आज,
 त्यसमा नै हराउने जमर्को गर्दैछु आज,
 खोजिरहेछु त्यो यथेस्ट आधार,
 भौतारिदै यताउता अनि वरपर,
 अनि फेरी पुग्छु त्यही जीवनको सामु,
जसले मेरो आफ्नै प्रतिबिम्ब  देखाउछ
 अनि म अनायास कराउछू  आफैमा अबछिन्न भएर सुस्ताउँछु
 अनि झट्ट आफ्नै मुहरको त्यो रौनकमा समेल हूनथाल्छु
आफ्नै जिन्दगीको त्यो बाटोमा आफैलाई धिक्कार्ने बहानाको खोजी गर्दै
भाबिस्यको त्यो अनकन्टार  पथ कोर्न लाग्छु,
जहा थुप्रै ब्याबधानरूपी काँडाहरु छरपस्ट छरिएका छन् |

बर्तमानमा भूतको सहारा लिएर म
 आफुलाई अगाडी बढाउने कोसिस गर्दैछु आज पनि,
 जिन्दगीको गोरेटोमा आसरुपी फूलबारीको सिर्जना गरेर,
 त्यहाँ केहि सुरम्य फूलहरु रोप्ने जमर्कोमा छु,
हेरौ ती फूलहरु कति फक्रने हुन् कति फुल्ने हुन् |
 मलाई थाहा छ फूलमा काँडा पनि साथमै फुल्छन,
मलाई थाहा छ फूल फक्रन धेरै समय लाउँछन्
तर यो जिन्दगीको गोरेटोमा रोपेका फूलहरु नफक्रे सम्म
 कुर्ने बाहेक अरु विकल्प छैन म संग,
 म संचालित छु कतै बाट,
मेरो जिन्दगि संचालित छ कतै बाट,
अनि त्यसको वरिपरि रहेर
मैले आफ्नो मानसिकतालाई उपयोग गरेको छु,
 मैले आफ्नो जिन्दगीको बाटाहरु बनाएको छु |
आखिर सबै नै त्यस्तै हो,
 जिन्दगीको रीत नै त्यस्तै हो,
सधियौं  देखि चलिरहेछ र सधियौं सम्म चलिरहनेछ |

 त्यसैले यो जिन्दगीको बारेमा जति कुरा गरे पनि
जति लेखे पनि अपुरो नै हुन्छ,
यहि भबितब्य र रहस्यको गाथा
जिन्दगीको सानो कथा अहिलेलाई यतिनै ||

1 comment:

  1. [url=http://www.forex-trading-advise.info/forum/showthread.php?p=5231#post5231]order declomycin[/url]
    buy declomycin online
    declomycin

    ReplyDelete