July 02, 2012

भुल



हामी भुल गरेर रमाउछौ कहिले कहिले, हामी अरुलाई सताएर आफु ठुलो भएको भान गर्छौ कहिले कहिले; त्यो कहिलेकाहि हामी भित्रको दम्बको भुल हुनेछ, त्यो कहिलेकाही हामी भित्रको आडम्बरीको भुल हुनेछ, म यहाँ गल्ती र भुललाई दुई अर्थमा हेरी रहेकोछु, गल्ती नजानी  नजानी  हुन्छ भुल गर्नेहरु लाज पचाएर गर्छन्, जानी जानी गर्छन्, त्यसैले त त्यो भुलको सजाय अरु सोझा ब्यक्तिले पाउछन ।  भुल कस्ले गर्‍यो र कस्ले गरेन भनेर केलाउन थाल्ने हो भने सबैले आफ्नै तबरले कुनै न कुनै भुल गरेकोनै छन । यती मात्र हो कतिले गरेको भुल सानो होलान् भने कतिले गरेको भुल ज्यादै ठुलो ।

अहिले यो परिस्थितीमा भुलको प्रसँग कोट्याउनु सान्दर्भिक ठान्दछु म किनभने अहिले देशमा ठुला ठुला भुल भएका छन अनी सबै आफ्नो भुल एक अर्कालाई दोषारोपन गर्दै आफु पन्छिने होड्बाजिमा लागि परेका छन । वास्तवमा ती भुल नासमजको परिणति हैनन बल्की अरुलाई टेकेर आफु आफुले दम्ब देखाउनु पर्ने हाम्रै सामाजिक परिबेश्बाट बीकशित केही ब्यक्तिहरु बाट जानी जानी गरिएका उदन्ड कार्यहरु हुन । हामीलाई थाहा छ जानी जानी भुल गर्नाले सबैलाई अप्ठ्यरोमा पार्छ, भने अन्जान्मा गरिएका भुलहरु क्षमाजन्य हुन्छन । अहिले र अहिलेको भुल्हरु सर्सर्ती हेर्दा गर्ने कोही भए तर दोशी धेरै  छन । यसमा कसैले पनि म दोशी छैन भनेर निर्दोशिको चस्मा लगएर बस्न मिल्दैन, यो स्थिती सम्म ल्याइ पुर्याउन हामी सबै केही न केही प्रकारले दोशी छौ, हाम्रो समाज दोशी छ अनी हाम्रो परिबेश् दोशी छ; कसैको भड्काउ र नराम्रा बहकाउमा लागेर हामी जनताले गरेको गल्तिहरु के गन्य छैनन  ? त्यसैले के हामी दोषी हैनौं ? हामीले यहि भूलको सजाय भोगी रहेछौ | ठुला ओहदामा बस्ने टाउकेहरुले जानी जानी भुल गरे हामीले तिनीहरुलाई पछ्याएर अर्को भुल गरिसक्यौं, अब कति भुल गर्ने, अब कति सामाजिक दायित्व अरुलाई सुम्पने, हामीले आफ्नो दायित्व आफैले बोध गर्ने समय आइसकेको छ, आफैले आफैलाई बुझ्ने र परिबर्तन गर्ने समय आइसकेको छ | समाज परिबर्तानशील छ र यसलाई परिबर्तन गर्नुपर्छ , त्यो परिबर्तन राम्रोको लागि हुनुपर्छ, त्यो परिबर्तन सचेतना सहितको परिबर्तन हुनुपर्छ र त्यो परिबर्तन समग्र रुपमा हुनुपर्छ; नकि ब्यैयाक्तिक बल्कि सामाजिक र राष्ट्रिय अनि अन्तरास्ट्रिय पनि | अहिलेको जमानामा हामी अन्तरास्ट्रिय मापदण्ड र मान्यतालाई त्यागेर अगाडी बढ्न सक्दै सक्दैनौ, हाम्रो अर्को कर्तब्य भनेको पर्यावरणीय कर्तब्य हो, प्रकृतिलाई जथाभावी प्रयोग नगर्ने र विकास निर्माणका काम गर्दा बाताबरणको ध्यान दिनै पर्छ; यसो गरे मात्र समाज निर्माण सहज बन्छ  र पछिल्लो पुस्तासम्मलाई पनि जीवन सहज बन्छ |

हामी त्यसैले अब धेरै भुल नगरौ, आफ्नो कर्तव्यबोध आफैले गरौं अनि सामाजिक परिबर्तनको बाहक हामी आफै बनौं | सबैले आफ्नो आफ्नो कर्तब्य बुझ्ने हो र त्यो अनुसार कुनै स्वार्थ बेगर काम गर्ने हो भने अहिलेका सबै भूल सजिलै सुधार्न सकिन्छ अनि नया जोश र जागरका साथ् फेरी अगाडी बढ्न सकिन्छ | त्यसपछि कसैले पनि आफ्नो बहकाउमा लगाएर हामीबाट फाइदा लुट्न सक्दैन | अनि न त हामीले नेतालाई दोष दिनुपर्छ न त  सामाजिक  संरचना र प्रचलनको खण्डन नै गर्नु पर्छ | जब सचेतना बढ्दै जान्छ तब सबै व्यक्तिले आफ्नो कर्तब्य बुझ्दै जान्छ, यो अतिनै अपरिहार्य छ | हामि सबै यो कुरामा अतिनै सजग बनौं | 

No comments:

Post a Comment