March 22, 2012

देश छाडीजाने

यो गजल मैले नेपाल बाट जर्मनी आउने समयमा लेखेको रचना हो र मेरो आफ्नो गजल लेख्ने पहिलो प्रयास पनि हो | गजलको सिर्शक छ "देश छाडीजाने "
 देश छाडीजाने  

मात्र केहि दिन छ अब भेष छाडिजाने
ममताको पोको बोकी देश छाडिजाने 

आफैलाई सम्हालेर हुक्क हुक्क रुदै 
आमाबाबु परिवारको face छाडिजाने 

सम्झनाको कोसेलिलाई मुटु भरि राखी
जन्मी हुर्की पढेको त्यो base छाडी जाने 

मात्र केहि दिन छ अब भेष छाडिजाने
ममताको पोको बोकी देश छाडिजाने

कमाएको प्रतिष्ठालाई लिलामीमा राखी
संघर्ष र मेहनतको येश छाडिजाने

आफुलाई मेटाएर यताबाट टाढाहुदै
अस्तित्वको झिनो अवशेष छाडिजाने

तिमीलाई सुम्पिएर मेरा सबै case हरु
तिम्रो मेरो बिचको यो race छाडिजाने


मात्र केहि दिन छ अब भेष छाडिजाने
ममताको पोको बोकी देश छाडिजाने

                                           झनक





No comments:

Post a Comment