February 09, 2012

जीवन सोच

मैले फेरी जिन्दगीको बारेमा सोचे, जिन्दगीले मलाई दिएको ममताको बारेमा सोचे ; म स्तब्दताको कडीमा आफुलाई संगालेर, सपनाको भुमरी भित्र सल्बलाउने प्रयासमा छु , अतितले जे देखायो र भबिस्यले के भन्दै छ त्यहि संयन्त्रको एउटा झिनो आशाको बोझ थामथमाएर गन्तव्यको पथमा आफुलाई आगाडी बढाउने कोसिसमा छु, त्यहि कोसिसको एउटा मलिन पाटोलाई दिमागको सानो टाटोमा राखेर सोचे | मैले जिन्दगीको अस्तित्वको बारेमा सोचे, मैले कल्पनाको त्यो भुमरी भित्र रुमल्लिएर सोचे अनि मैले बिपनाको त्यो सागरमा डुबुल्की मारेर सोचे| म यथार्थ को खोजीमा भौतारिदै सोचे अनि   जीवन बिबेचेना गर्न पुगे , जीवन विस्लेषण गर्न पुगे | मैले एकपटक संसारलाई भित्रि नजरले हेरे , मैले एकपटक संसारलाई मनले पढे, त्यो जीवनको अस्तित्व, त्यो जिन्दगीको भोगाइ अनि त्यो जिन्दगीमा पाइने पीडा र कष्ट अनि त्यो जिन्दगि भित्र रहेको हासो र खुसि बिबेचना गर्दै रहे | आफुलाई एकपटक आफैले हेरे , आफुलाई एकपटक समाजमा राखेर हेरे, अनि आफुलाई एकपटक संसारमा राखेर हेरे | मैले खोजेको के  हो, जिन्दगीले दिने के हो र सफल जिन्दगि भनेको के हो ? यी कुराहरुको   उत्तर पाउने प्रयासमा भौतारिए म, त्यो मानसिक र आन्तरिक भौताइ थियो, आफुलाई आफैले बन्द गरेर सोचेको सोचाई|

मैले सोचेको निष्कर्ष, मैले पाएको जिन्दगीको ज्ञान अनि मैले आफैले अनुभब गरेको जीवन भोगाइको एउटा साधा सोच थियो | देखौटी र आडम्बरी दुनियामा रमाउने पनि छन् , त्यस्तो कुरालाई घृणा गर्ने पनि छन् | बास्तबिकताभित्र डुब्ने पनि छन् बास्तबिकता संग डराउने पनि छन् | आखिर जिन्दगि एउटा पाटो(domain) हो | यहाँ पनि आउछ time domain  र frequency domain किनभने म जिन्दगिको engineering संग आझै अनबिज्ञ छु, त्यसैले मलाई लाग्छ मैले पढेको कुरा सारै गारो छ तर गारो केहि छैन जब बास्तबिकता बुझिन्छ | Madame Curie ले भने झैँ "Nothing in  life is to be feared . It  is  only  to  be understood " !! त्यसैले जीवनमा केहि कुरा बुझ्न डराउनु नै सबै भन्दा ठुलो कमजोरी हुन सक्छ  | मैले आफुले आफैलाई त्यसैले  त्यो काबिल बनाउन खोजे कि म बुझ्न सकु, म बास्तबिकता जान्न सकु, त्यो बास्तबिकता किताबी ज्ञान मात्र हैन त्यो बास्तबिकता समग्र जीवनको हो| म डराउने छैन, म संयमता र धैर्यतासाथ् अगाडी बढ्ने छु , आत्मीयताको कशिलाई आत्मसात गर्दै, जिन्दगीको दोबाटोमा आउने कस्ट र समस्यारुपी शिक्षालाइ  सदैब आलिंगन गर्नेछु| म आफ्नो सोचाइको यो निष्कर्षमा आफै दङ्ग छु |

यो जिन्दगीरुपी डुंगा म  विश्वास र सहजतासाथ् खियाउने छु, यो नै सम्पूर्ण खुशीसाथ् जीवन जिउने आधार या कडी हो भन्ने मलाई लाग्दछ | जीवनको भोगाइ र कल्पनाको यो विस्लेषण मेरो आफ्नै बैयक्तिक सोचको उपज हो, यो व्यक्तिगत धारणा मात्र हो |

No comments:

Post a Comment